शीर्षकहरू

सिजनमै खुल्यो चिनियाँ पर्यटकका लागि नेपाल, व्यवसायीमा उत्साह

सिजनमै खुल्यो चिनियाँ पर्यटकका लागि नेपाल, व्यवसायीमा उत्साह

काठमाडौं । पर्यटन व्यावसायीका अनुसार चिनियाँ पर्यटक नेपाल आउने मुख्य सिजन मार्च–अप्रिल हो। यही सिजनको मुखैमा चीनले आफ्ना नागरिकका लागि लक्षित पर्यटकीय गन्तव्यमा नेपाललाई पनि समेटेको छ। लामो समयदेखि चिनियाँ पर्यटकको पर्खाइमा रहेका पर्यटन व्यवसायी नेपाललाई चिनियाँ पर्यटकको पर्यटकीय गन्तव्यमा पार्ने शुक्रबारको निर्णयपछि खुसी भएका छन्।

चीनले नेपाललाई पर्यटकीय गन्तव्यमा समेट्नका लागि यहाँका व्यवसायीले माग गर्दै आएका थिए। कोभिड संक्रमण पछि चिनियाँ पर्यटक नेपाल आउन पाएका थिएनन्। चीनले यसअघि पहिलो चरणमा नेपाललाई आफ्ना नागरिकका लागि लक्षित पर्यटकीय गन्तव्यमा समेटेको थिएन। त्यसपछि पर्यटन व्यवसायीले नेपाललाई गन्तव्यमा समेट्न विभिन्न माध्यमार्फत चीनसँग आग्रह गर्दै आएका थिए।

तर, मार्च १५ देखि लागु हुने गरि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले चिनियाँ पर्यटकलाई बाहिरी मुलुकमा घुम्न जान पाउने गरि दोश्रोपटक सूँची प्रकाशित गरेको छ। चीनले पहिलो चरणमा प्रकाशित २० मुलुकमा नेपाल समेटिएको थिएन। पहिलो सूँचीमा दक्षिण एशियाका माल्दिभ्स र श्रीलंका मात्र समेटिएकोमा दोश्रोपटकको सूँचीमा नेपाल पनि थपिएको छ। सिजनको बेलैमा चिनियाँ पर्यटकलाई नेपाल आउने बाटो खुलेको भन्दै व्यवसायीले राहत मिल्ने अपेक्षा गरेका छन्।  

नेपाली पर्यटन बजारले दुई छिमेकी मुलुक चीन र भारतबाट भित्रिने पर्यटकबाट राम्रो लाभ कमाउँदै आएको थियो। चिनियाँ र भारतीय पर्यटक पर्याप्त आइदिने हो भने पर्यटन बजार सहजै धानिनेर र आन्तरिक सहित अरु मुलुकका पाहुना पनि थपिँदा पर्याप्त कमाई हुने हुँदा व्यवसायी केहीवर्ष अघिसम्म दंग थिए। अझ चीन र भारतका पाहुना पोखरा घुम्न मरिहत्ते गर्दा त व्यवसायी झनै खुसी थिए।

तर, कोरोना भाइरस संक्रमण सुरु भएपछि बाह्य पर्यटक आगमनमा एकाएक गिरावट आयो। संक्रमणको केही समयसम्म त तेश्रो मुलुकका पाहुनाको आगमन मासिक दुइ अकंमा झरेको थियो। तर, संक्रमण कमजोर हुँदै जाँदा अरु मुलुकका पाहुना नेपाल भित्रिन थालेपनि छिमेकी मुलुक चीनका पर्यटक भने भित्रिन पाएका थिएनन। भारतीय पाहुनाका लागि नेपाल घुमघाममा कुनै रोकतोक नरहेपनि चिनियाँ पाहुनाका लागि भने चीनले नै फुकुवा गरेको थिएन। तर, अब भने व्यवसायीले चिनियाँ पर्यटनबाट लाभ मिल्ने अपेक्षा गरेका छन्।  

‘चिनियाँ पर्यटक आउन पाउनु हामी पर्यटन व्यवसायीका लागि निकै नै खुसीको कुरा हो,’ पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल ९टान० गण्डकी च्याप्टरका अध्यक्ष धर्मराज पन्थीले भने, ‘सिजनको बेला पारेर चिनियाँ पर्यटकलाई नेपाल आउन पाउने गरि चीनले फुकुवा गरिदिएको छ। यो निकै नै सकारात्मक छ।’