शीर्षकहरू

नेपाल पुनर्बीमा कम्पनीको जीवन बीमा व्यवसायको नाफा यस वर्ष बढ्यो

नेपाल पुनर्बीमा कम्पनीको जीवन बीमा व्यवसायको नाफा यस वर्ष बढ्यो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार निर्जीवन बीमा व्यवसायबाट रू. १७ करोड ८४ लाखभन्दाबढी र जीवन बीमा व्यवसायबाट रू. १ करोड ५ लाखभन्दा बढी खुद नाफा गरेको छ । 

गत वर्षको यसै अवधिसम्मको तुलनामा भने कम्पनीको निर्जीवन बीमा व्यवसायबाट भएको खुद नाफा बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले निर्जीवन बीमा व्यवसायबाट रू. १६ करोड ४९ लाखभन्दा बढी खुद नाफा गरेको थियो । जीवन बीमा व्यवसायबाट भने गत वर्ष रू. ७ कराड ५० लाखभन्दा बढी खुद नाफा भएकोमा यस वर्ष गत वर्षभन्दा कम नाफा भएको हो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको आम्दानी निर्जीवन बीमा व्यवसायबाट उल्लेख्य मात्रामा बढेको छ । गत वर्ष निर्जीवन बीमा व्यवसायबाट रू. २६ करोड ७६ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ६९ करोड ८३ लाखभन्दा बढी आम्दानी गरेको हो ।

जीवन बीमा व्यवसायबाट हुने आम्दानी भने यस वर्ष रू. ९ करोड ९६ लाखभन्दा बढीले घटेको छ । गत वर्ष जीवन बीमा व्यवसायबाट रू. ११ करोड ९९ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २ करोड ३ लाखभन्दा बढी मात्र गरेको हो ।

दोस्रो त्रैमाससम्म कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब ६५ करोडभन्दा बढी रहेको छ । जगेडा कोष रकम भने निर्जीवन बीमा व्यवसायतर्फ रू. ५ अर्ब ३९ करोडभन्दा बढी र जीवन बीमा व्यवसायतर्फ रू. ६३ करोडभन्दा बढी छ । बीमा कोष रकम भने निर्जीवन बीमा व्यवसायतर्फ मात्र रू. २ अर्ब ५१ करोडभन्दा बढी कायम छ ।

कम्पनीको कुल बीमाशुल्क आर्जन भने यस वर्ष घटेको छ । गत वर्ष रू. २ अर्ब ७१ करोडभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब ६९ करोडभन्दा बढी मात्र कुल बीमाशुल्क आर्जन गरेको हो ।

दाबी भुक्तानी रकम भने गत वर्षभन्दा यस वर्ष बढेको छ । गत वर्ष रू. ९६ करोडभन्दा बढी भएकोमा यस वर्ष रू. १ अर्ब ३ करोडभन्दा बढी भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ६ दशमलव ४८ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १७३ दशमलव ३४ रहेको छ ।