शीर्षकहरू

आजको मौसम, यी ठाउँमा छ चट्याङ र मेघ गर्जनसहित पानी पर्ने सम्भावना

आजको मौसम, यी ठाउँमा छ चट्याङ र मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौं । जल तथ मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको  छ । साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भैरहेको अवस्था छ ।

आज राती गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।