शीर्षकहरू

मनकामना स्मार्ट लघुवित्तको साधारण सभा चैत १६ गते, ५ प्रतिशत लाभांश प्रस्ताव

मनकामना स्मार्ट लघुवित्तको साधारण सभा चैत १६ गते, ५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १६ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । फागुन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल पौवा, रुपन्देहीमा सभा गर्ने निर्णय गरेको हो । कम्पनीले नेप्से मार्फत सार्वजनिक गरेको वार्षिक सुचनामा साधारण सभा हुने समय भने उल्लेख गरेको छैन् । 

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ । साथै कम्पनीको सञ्चालक समितिको बैठकले गरेको लाभांश प्रस्तावलाई सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १४ करोड १७ लाख ४५ हजारको आधारमा कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

माघ १६ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । गत वर्ष १७ प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ३० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।