शीर्षकहरू

जारी पूँजी बृद्धि गर्ने प्रस्ताव गर्दै समाज लघुवित्तले बोलायो विशेष साधारण सभा

जारी पूँजी बृद्धि गर्ने प्रस्ताव गर्दै समाज लघुवित्तले बोलायो विशेष साधारण सभा

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३२ गते विशेष साधारण सभा बोलाएको छ । साउन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जानकी फेमली होटल एण्ड पार्टी प्यालेस, मलंगवा, सर्लाहीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले कम्पनीको स्थापना कालमा राखिएको जारी पूँजी बृद्धि री ४ करोड रूपैयाँ कायम गर्ने प्रस्ताव पारित गर्नेछ । 

जारी पूँजी बृद्धि गर्ने भएकाले सोही बमोजिम प्रबन्धपत्रको दफ ६ (ख) मा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । कम्पनीले बोनस शेयरको लागि जारी पूँजी अपुग हुने भएकोभन्दै बढाउन लागेको जानकारी दिएको छ । विशेष साधारण सभा प्रयोजनका लागि कमपनीले साउन २५ गतेदेखि ३२ गतेसम्म बुक क्लोज गर्न लागेको छ । 

बुक क्लोजको आधारमा साउन २४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् । हाल कम्पनीको चुक्तापूँजी २ करोड २८ लाख ५० हजार रूपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्ष ०७९÷८० को वार्षिक साधारण सभा असार ३० गते सम्पन्न गरेको कम्पनीले अघिल्लो वर्षको मुनाफाबाट लाभांश वितरण गरेको छैन् । उक्त वर्षको ३० लाख ७३ हजार रूपैयाँभन्दा बढी नाफा २० प्रतिशत साधारण जगेडा कोषमा र बाँकी रिटर्न अर्निगमा राखिएको जानकारी कम्पनीले दिएको छ ।