शीर्षकहरू

धनी हुने इच्छा भयो भन्दैमा सिमा र विधि मिच्नु हुँदैनः मन्त्री राई

धनी हुने इच्छा भयो भन्दैमा सिमा र विधि मिच्नु हुँदैनः मन्त्री राई

काठमाडौं । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री राजेन्द्र कुमार राईले धनी हुने इच्छा भयो भन्दैमा सिमा र विधि मिच्नु नहुँने बताएका छन् । आईतबार एक कार्यक्रम बोल्दै मन्त्री राईले यस्तो बताएका हुन् । 

आर्थिक मिडिया सञ्चालक संघ (इमान) ले आयोजना गरेको सहकारीमा संकट कारण र समाधान विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री राईले भाषण कम काम धेरै गर्नुपर्ने बताए । 

उनले भने, ‘हामीले कुरा गर्न जान्यौं काम गर्न जानेनौ. । सबैलाई पैसा कमाउने इच्छा छ । सबै धनी हुन चाहन्छौं तर, सिमा र विधिमा रहेर गर्नुपर्छ । कानुनलाई अवज्ञा नगरी गर्नुपर्छ । धनी हुने इच्छा भयो भन्दैमा सिमा र विधि मिच्नु हुँदैन ।’

बजारमा सहकारी सकियो भन्ने हल्लाले समस्या आएको उनको भनाई छ । ‘केही सहकारी संस्थाले विधि भन्दा बाहिर गए होलान् तर गाँउठाँउको राम्ररी चलेका छन् बजारमा सहकारी सकियो भन्ने हल्लाले यो समस्या आएको हो’, उनले भने ।

कार्यक्रममा बोल्दै उनले सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्लाको पछि नलागी समस्याको समाधान गरेर सहकारीको प्रवद्र्धनमा लाग्नुपर्ने बताए ।  साथै उनले सहकारी खत्तम छन् भन्ने प्रचार सत्य नभएको र गल्ती गर्ने केहीलाई नियमबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘गाउँगाउँमा सहकारीले आर्थिक परिचालनका लागि राम्रो काम गरेका छन् । तिनीहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ । समस्या छन् भने समाधानका लागि पहल गर्नु पर्छ । हल्ला किन गर्नु काम गरे भयो तसमस्या कहाँ छ त्यसलाई निक्र्योल गरेर वेइमान गर्नेलाई कारवाही गर्नुपर्छ ।’

मन्त्री राईले सरोकारवालाबाट प्राप्त हुने लिपिबद्ध सुझावका आधारमा आफूले मन्त्रीका रुपमा गर्नुपर्ने पहलमा हुनै कमी नहुने विश्वास दिलाए । ‘आजको यो गोष्ठिमा भएको निष्कर्षलाई तपाईहरुले लिपी बनाएर ल्याउनुहोस् । त्यसलाई कार्यान्वयन गर्न मैले ढिला गरेभने तपाईहरुले  प्रश्न चिन्ह गर्न सक्नुहुन्छ’, उनले भने । 

समस्या समाधानका नाममा आयोग र कार्यदल गठन गरेर अल्मल्याउने काम आफूबाट नहुने उनको भनाइ छ । ‘आयोग धेरै बन्छ निष्कर्ष निकाल्छ कार्यान्वयन हुँदैन, बारम्बार मिटिङ गर्छ छलफल गर्छ निष्कर्ष केही निक्लिदैन’, उनले थपे ।