
काठमाडौं । माथिल्लो बलेफी–ए जलविद्युत आयोजनाले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले बैंकको ऋण चुक्ता गर्न हकप्रद जारी गर्न लागेको हो ।
कम्पनीको १२ गते बसेको सञ्चालक बैठकले हाल कायम रहेको चुक्ता पुँजीको १ बराबर ०५ को अनुपातमा कहप्रद शेयर जारी गर्न लागेको हो । अब कम्पनीले हकप्रद शेयर निष्काशन गर्न नियामक निकाय विद्युत् नियमन आयोगबाट स्वीकृति पाएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनेछ ।
प्रस्तावित हकप्रद शेयर सेबोनको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि हकप्रद जारी हुनेछ ।हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८२ करोड रहेको छ । यही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्दै छ ।
प्रतिक्रिया दिनुहोस