शीर्षकहरू

भारतमा व्यापक लोडसेडिङ हुने सम्भावना

भारतमा व्यापक लोडसेडिङ हुने सम्भावना

एजेन्सी ।   यो  गर्मीमा भारतका मानिसहरूले ठूलो विद्युत कटौतीको सामना गर्न पर्ने भएको छ । फागुनमा नै भारतका कतिपय स्थानमा तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ । उच्च तापक्रमका कारण हालैका हप्ताहरूमा बिजुलीको माग रेकर्ड स्तर नजिक पुगेको छ। गर्मीका कारण मुलुकमा विद्युत् आपूर्तिको चिन्ता बढेको छ । ग्रीष्म मौसममा ब्ल्याकआउटबाट बच्न र आन्तरिक कोइला आपूर्तिमा दबाब कम गर्न आयातित कोइला प्रयोग गरी आगामी तीन महिनासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न पावर स्टेशनहरूलाई निर्देशन दिइएको छ।

बिजुलीको उच्चतम माग जनवरीमा २११ गेगावाट पुग्यो । जुन गत गर्मीको सबैभन्दा उच्च थियो। गत वर्ष कोरोना महामारीले लगाएको प्रतिबन्ध फुकुवा भएपछि फेरि ठूला उद्योग सञ्चालनमा आएपछि देशका जनताले दयनीय अवस्थाको सामना गर्नु परेको थियो । त्यसपछि गर्मीले १२२ वर्ष पुरानो रेकर्ड तोड्यो। भारतको उर्जा मन्त्रालयका अनुसार यस वर्षको अप्रिलमा बिजुलीको माग रेकर्ड २२९ गिगावाट पुग्ने छ ।

गत साता केही क्षेत्रको तापक्रम सामान्यभन्दा ११ डिग्री बढी थियो । भारतीय मौसम विज्ञान विभागले गर्मीका कारण किसानलाई गहुँ र अन्य बाली जाँच्न सल्लाह दिएको छ । गर्मी मौसमको असामान्य सुरुवातले सिँचाइ पम्प र वातानुकूलितहरूको बलियो बिक्रीको कारणले बिजुली खपत बढाउने अपेक्षा गरिएको छ। यसले देशको ऊर्जा सञ्जाल लगातार दुई वर्षको अवरोधपछि नयाँ तनावमा आउने चिन्ता बढाएको छ । गत गर्मीको तुलनामा विद्युतको माग २० देखि ३० प्रतिशतले बढ्न सक्छ । 

भारतमा ७० प्रतिशतभन्दा बढी बिजुली कोइलाबाट उत्पादन गरिन्छ। पावर स्टेशनहरूमा कोइलाको भण्डार हाल ४५ मिलियन टनको लक्ष्यभन्दा कम छ । जुन सरकारले मार्चको अन्त्यमा पूरा गर्न भनेको थियो। ओडिशाका उर्जा मन्त्री प्रताप केशरी देबले भने कि भारतको गर्मीमा बिजुलीको आवश्यकता पूरा गर्ने क्षमता पनि पर्याप्त मात्रामा कोइलाको खानी र ढुवानी सुनिश्चित गर्ने प्रयासबाट निर्धारण हुनेछ।

बिजुली तीन चरणमा पुग्छ। पहिलो चरण उत्पादन, दोस्रो प्रसारण र तेस्रो वितरण चरण हो। बिजुली उत्पादन गर्ने कम्पनीहरूलाई जेनकोस भनिन्छ।  ट्रान्समिसन कम्पनीहरूले वितरण कम्पनीहरू (डिस्कम) लाई बिजुली पठाउँछन्। यी कम्पनीहरूले तपाईको घरमा बिजुली मात्र पुर्‍याउँछन्।