शीर्षकहरू

एक सय ५३ उद्योगका लागि १ खर्बबढी लगानी प्रस्ताव

एक सय ५३ उद्योगका लागि १ खर्बबढी लगानी प्रस्ताव

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा उद्योग दर्ताका लागि एक १ खर्ब रुपैयाँ भन्दा बढि लगानी प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार साउनमहिनादेखि माघ मसान्तसम्म १५३ वटा उद्योग दर्ताका लागि एक खर्ब ८५ अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो ।

विभागका अनुसार यस अवधिमा उद्योग दर्ताका लागि आएको प्रस्तावमा ९ हजार ९१३ जनालाई रोजगारी प्रस्तावित गरिएको छ । माघ मसान्तसम्म विदेशी लगानीका १४४ उद्योग दर्ताका लागि १८ अर्ब ६३ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ ।

प्रस्तावित विदेशी लगानीका परियोजनाहरुमा ८ हजार ६०५ जनालाई रोजगारीको प्रस्ताव गरिएको छ । 

यस अवधिमा दर्ता भएका उद्योगमा प्यान्टेट दर्ता संखया एक, डिजाइन दर्ता संख्या ८, ट्रेडमार्क दर्ता संख्या एक हजार ७८५, प्रारम्भिक वातावरणीय परीक्षण ३७ र ट्रेडमार्क सम्बन्धी मुद्दा कारावाही संख्या ६२ रहेको छ । 

त्यसैगरी माघ मसान्तसम्म दर्ता भएका उद्योगमा ठूला उद्योग ४१ वटा, मझौला उद्योग ४३ वटा र साना उद्योग ६९ रहेका छन्