शीर्षकहरू

प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बिहीवार रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १२ गते बुक क्लोज गरेकाले फागुन ११ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन २३ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा दिनको ११ बजे शुरू हुनेछ ।