शीर्षकहरू

सहकारी विभाग अब बतासे तथ्यांकको भरमा अगाडि बढ्दैनः उपरजिष्ट्रार उपाध्याय

सहकारी विभाग अब बतासे तथ्यांकको भरमा अगाडि बढ्दैनः उपरजिष्ट्रार उपाध्याय

काठमाडौं । सहकारी विभागमा उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारी विभाग सधैंभरी बतासे तथ्यांक लिएर काम नगर्ने बताएका छन् । सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको सहकारी पत्रकारिता तालिममा प्रस्तुति राख्दै उनले विभाग अब पुरानै र बतासे तथ्यांक लिएर काम नगर्ने बताएका हुन् । ‘

अहिले सहकारीको संख्या र संस्थाको हरेक सूचकको विषयमा यकिन  तथ्यांक कसैलाई थाहा छैन, अब हामी तथ्यांक बनाउँछौं, त्यसमा लागि स्थानिय तहहरुसँग समन्वय गर्छौं’, उनले भने ।

२०७५ मा संघीय सरकारले तयार पारेको सुचना प्रणाली ९कोपोमिस०मा संघ संस्था आवद्ध हुनु पर्ने अनिवार्य गरेको गरेको बताउँदै उनले कोपोमिसमा आवद्ध हुन २९ हजारले पासवर्ड लिएको र १७ हजार संस्थाले एक  पटक लगइन गरेको जानकारी गराए । यस्तै, उनले सहकारी संस्थाहरुले वितरण गर्ने लाभांश टाठाबाठाल मात्रै पाउने बताए । उनले सेयर सदस्य भएपनि पहुँच नभएकाहरुले भने लाभांश नपाउने धारणा राखे ।

शनिबार सहकारीको सुशासन, नियमन र प्रवर्द्धनको विषयमा पस्तुति राख्दै उनले राजनीतिक मान्छेले नै सहकारी संस्था चलाउँदा समस्या आएको बताए । उनका अनुसार सहकारीमा स्वनियमनको विषय ल्याउँदा पनि नै समस्या आएको हो । 

उनले स्थानीय अर्थतन्त्रमा रहेको योगदान र यो क्षेत्रको गुणस्तरको विषयमा पनि समीक्षा गर्नु पर्ने,  तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको र सबैको बुझाइमा एकरुपता ल्याउनु पर्ने धारणा राखे । 

कार्यक्रम समापन कार्यक्रम नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष काजी श्रेष्ठले दुइदिने तालिम प्रभावकारी भएको धारणा राखे । सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरुका लागि यो तालिमले थप सशक्त भएर समाचार सम्प्रेषण गर्न सक्ने विश्वास व्यक्त गरे । शुक्रबारदेखि सुरु भएको सहकारी पत्रकारिता तालिम शनिबार सकिएको छ । तालिममा पाँच जना प्रशिक्षकले प्रशिक्षण गराए ।