शीर्षकहरू

प्रेम दिवसको लागि भैरहवामा २६ लाख ७२ हजारको फूल आयात

प्रेम दिवसको लागि भैरहवामा २६ लाख ७२ हजारको फूल आयात

भैरहवा । फेब्रुअरी १४ लाई  अन्तर्राष्ट्रिय रुपमै प्रेम दिवसको रुपमा मनाइने गरिन्छ । यो दिनलाई माया पिरती लाउनेहरुका लागि अति महत्वपूर्ण दिनका रुपमा लिइन्छ । यो दिन माया प्रेम गर्नेहरु जीवन भर नछुने विश्वास गरिँदै आएको छ । 

माया प्रेम गर्ने जोडीहरुका लागि प्रेमको प्रतिकका रुपमा गुलाफको फुललाई लिइन्छ । प्रेम गर्ने जोडीले प्रेम दिबसको समयमा एकआपसमा प्रेमको अनुभुति दिलाउन गुलाफ फूल साटासाट गर्ने चलन पनि छ । अन्तर्राष्ट्रिय मान्यता पाएको यो दिन नेपालमा पनि पछिल्लो समय धुमधाम साथ मनाउन थालिएको छ । आफूले माया गर्ने प्रेमीलाई यो दिन प्रपोज गर्ने र फूल दिने गरी मनाइने गर्छ । 

प्रेम दिवसका कारण गुलाफको फूल विक्रि वितरण व्यापक रुपमा भइरहेको छ । भैरहवा क्षेत्रमा पनि प्रेम दिबसको अवसरमा गुलाफको फूल बिक्री वितरण व्यापक भएको छ । प्रेम दिवस लक्षित गरी भारतबाट २६ लाख ७२ हजार मूल्यको  १३हजार ३ सय ५० किलोग्राम फुल नेपालमा आयात भएको भैरहवा भन्सार कार्यालयको तथ्याङ्कमा छ ।   

प्रेम दिवस लक्षित गरी भारतबाट  मूल्यको फुल नेपालमा आयात भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत उपेन्द्र लामिछानेले जानकारी दिए । पुस मसान्त सम्म सरकारले एलसी लागु गरेकोले फूल आयातमा कडाइ भएकोमा माघ महिनामा खुले सँगै फूल आयात बढेको उनले बताए ।

करीब १५ बर्षदेखी भैरहवामा फुल ब्यबसाय सञ्चालान गर्दै आएका अरुण साहानीले अन्य समयभन्दा प्रेमदिबसको समयमा गुलाफ फूलको बिक्री धेरै हुने र बार्गेनीङ् नहुने भएकोले राम्रो आम्दानी हुने बताए । फुल र गिफ्ट पसललाई आम्दानीको स्रोत बनाएका कलामोदिन मुसलमानले प्रेमदिबसको समयमा ब्यबसायमा राम्रो आम्दानी हुने र उक्त समयमा प्रेम गर्ने जोडीले ब्यबसाय सञ्चालनममा थप सहयोग प्रदान गर्ने बताए ।

भैरहबा क्षेत्रमा करिब २५ बर्ष देखी फुल तथा गिपm्ट पसल सञ्चालन गर्दै आएका शम्भुनाथ केशबानीले प्रेम दिबसको समयमा गुलाफको बिक्री बितरणमा नयाँ उत्साह देखिने र आफुले बुटबल क्षेत्रबाट गुलाफ आयात गरी बिक्री बितरण गरेको बताए । प्रेम दिबसको अबसरमा  गुलाफको माग धेरै हुने तर नेपाल सरकारले गुलाफको आयातमा रोक लगाइदिएकोले माग बमोजिमको गुलाफको उपलब्धता गराउन नसकेको व्यवसायी रतन चतुरबेदीले बताए ।