शीर्षकहरू

ङादी ग्रुप पावरद्धारा लाभांश प्रस्ताव

ङादी ग्रुप पावरद्धारा लाभांश प्रस्ताव

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गने प्रस्ताव गरेको हो । 

अघिल्लो आवको मुनाफाबाट कम्पनीले गत वर्ष २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस आधारमा कम्पनीको लाभांशदर गत वर्ष भन्दा यस वर्ष घटेको छ ।  

प्रस्तावित लाभांश पारितका लागि कम्पनीले फागुन २५ गते साधारण सभा गर्ने जानकारी गराएको छ । त्यस्तै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १० गते बुक क्लोज गर्ने भएको छ । 

यस बुक क्लोजको आधारमा फागुन ८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । कम्पनीको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव र साधारण सभाको मिति तय गरेको हो ।