शीर्षकहरू

साढे ५६ प्रतिशतले घट्यो अपि पावरको नाफा

साढे ५६ प्रतिशतले घट्यो अपि पावरको नाफा

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ६ करोड २३ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. १४ करोड ३५ लाखभन्दा बढी खुद नाफा गरेको अपिले यस वर्ष ५६ दशमलव ५२ प्रतिशत कम खुद नाफा गरेको हो ।

यस वर्ष विद्युत विक्रीबाट करिब १३ प्रतिशत कम आम्दानी गरेको कम्पनीको कुल खर्च भने २१ प्रतिशत बढी भएको छ । गत वर्ष विद्युत विक्रीबाट रू. ३१ करोड ४६ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २७ करोड ४२ लाखभन्दा बढी आम्दानी गरेको छ । त्यस्तै गत वर्ष रू. १४ करोड ४७ लाखभन्दा बढी खर्च गरेको कम्पनीले यस वर्ष रू. १७ करोड ५२ लाखभन्दा बढी खर्च गरेको छ ।

हाल अपि पावरको चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार छ । जगेडा कोष रकम ५९ दशमलव ८३ प्रतिशत बढेर रू. ३७ करोड १२ लाखभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ३ दशमलव २५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव ६६ रहेको छ ।