शीर्षकहरू

रिडी पावरको दोस्रो त्रैमाससम्मको नाफा करिब २ करोड

रिडी पावरको दोस्रो त्रैमाससम्मको नाफा करिब २ करोड

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १ करोड ९६ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ४६ करोड ९८ लाखभन्दा बढी खुद नाफा गरेको रिडीले यस वर्ष करिब ९६ प्रतिशत कम यो नाफा गरेको हो ।

यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी १५० प्रतिशत बढेपनि कुल आम्दानी करिब ७२ प्रतिशत घटेकाले खुद नाफामा असर परेको हो । गत वर्ष रू. ६७ करोड ४४ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १८ करोड ९२ लाखभन्दा बढी मात्र कुल आम्दानी गरेको हो ।

विद्युत विक्री आम्दानी गत वर्ष रू. ७ करोड ३५ लाखभन्दा बढी रहेकोमा यस वर्ष रू. १८ करोड ४१ लाखभन्दा बढी भएको छ । आम्दानीको गत वर्ष कुल सञ्चालन खर्च रू. १ करोड २९ लाखभन्दा बढी भएकोमा यस वर्ष रू. २ करोड ९१ लाखभन्दा बढी भएको छ । जसको प्रत्येक्ष असर कम्पनीको नाफामा परेको हो । वार्षिक प्रतिशेयर आम्दानी रू. ३ दशमलव ५६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव ४३ रहेको छ ।