शीर्षकहरू

विद्युत विक्री आम्दानी बढेपछि खर्च बढ्दा घट्यो बरुण हाइड्रोपावरको नाफा

विद्युत विक्री आम्दानी बढेपछि खर्च बढ्दा घट्यो बरुण हाइड्रोपावरको नाफा

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशत कम खुद नाफा गरेको छ । गत वर्ष दोस्रो त्रैमाससम्म रू. २ करोड ४ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ६५ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।

यस वर्ष कम्पनीको खर्च बढ्दा सञ्चालन नाफा ३ दशमलव ३८ प्रतिशत कम भएको छ । गत वर्ष रू. ३ करोड ९४ लाखभन्दा बढी रहेको सञ्चालन नाफा यस वर्ष रू. ३ करोड ८० लाखभन्दा बढी मात्र रहेको हो । 

विद्युत विक्रीबाट गत वर्षभन्दा यस वर्ष ५ दशमलव ४२ प्रतिशत बढी आम्दानी भएपनि व्यवस्थापकिय खर्च गत वर्षभन्दा २५० प्रतिशत बढेकाले कम्पनीको सञ्चालन नाफासँगै खुद नाफामा असर परेको हो । गत वर्ष विद्युत विक्रीबाट रू. ५ करोड ६८ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ५ करोड ९९ लाखभन्दा बढी आम्दानी गरेको हो । व्यवस्थापकिय खर्च भने गत वर्ष रू. ५२ लाखभन्दा बढी रहेकोमा यस वर्ष रू. १ करोड ८३ लाखभन्दा बढी भएको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. ५३ कराड ५८ लाख १५ हजार रहेको छ भने जगेडा कोष रकम रू. ७ करोड १० लाखभन्दा बढी छ । शतप्रतिशत चुक्तापूँजी बढाएको कम्पनीको जगेडा कोष रकम समेत करिब १७९ प्रतिशत बढी कायम भएको हो । वार्षिक प्रतिशेयर आम्दानी रू. ६ दशमलव १७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११३ दशमलव २६ छ ।