aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

कुमारी बैंकको साढे २७ लाखभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ माघ २०७९
Prabhu Bank
Motor Head
कुमारी बैंकको साढे २७ लाखभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी
nabil bank
LBF

काठमाडौं । कुमारी बैंक लिमिटेडले माघ २६ गतेदेखि २७ लाख ५५ हजार २५३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले साबिक नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापकसँगै अन्य सर्वसाधारण व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

 यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १३८ तोकिएको छ । शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोलक गर्नुपर्नेछ । फागुन ११ गतेसम्म गोप्यशिलबन्दी बोलपत्र पेश गर्ने अवधि तोकिएको छ । 

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । रू. १० लाखभन्दा बढीको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुृपर्ने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा सन््राइज क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस