aarthiknews.com आइतबार, १४ जेठ २०८०   Sunday, 28 May, 2023
 

शर्मा विरुद्ध ११ अर्बको भ्रष्टाचार मुद्धा, बल्ल साँक्षी झिकाउन आदेश

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • बुधबार, २५ माघ २०७९
Prabhu Bank
शर्मा विरुद्ध ११ अर्बको भ्रष्टाचार मुद्धा, बल्ल साँक्षी झिकाउन आदेश
NIBL

काठमाडौं । विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरूद्ध मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ ।

मुद्दाका प्रक्रिया सुरु भएको करिब ५ वर्षपछि न्यायाधीशत्रय श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

सो आदेशसँगै अब म्यादपत्र गएपछि साक्षीहरु विशेष दालतमा हाजिर हुनेछन् र अदालतले उनीहरूको बकपत्र लिनेछ। बकपत्र लिएपछि पुन पेसी तोकिनेछ ।

कर फर्छ्यौट आयोगका पदाधिकारी शर्मासहित अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरूद्ध करिब ११ अर्ब भ्रष्टाचारको आरोपसहित २०७४ साल साउन १ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो । 

प्रतिक्रिया दिनुहोस