शीर्षकहरू

लुम्बिनी प्रदेशमा ३१ सय भन्दा बढि मुद्दा दर्ता, सबैभन्दा धेरै साइबर अपराधका

लुम्बिनी प्रदेशमा ३१ सय भन्दा बढि मुद्दा दर्ता, सबैभन्दा धेरै साइबर अपराधका

भैरहवा । नेपाल प्रहरी लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षमा  ३ हजार १ सय ७६ मुद्धा दर्ता भएका छन् । सबै भन्दा बढी लागुऔषध र साइबर अपराधका मुद्धा रहेको नेपाल प्रहरी लुम्बिनी प्रदेशले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । साइबर अपराधका घटना रुपन्देही, बाँके र दाङ जिल्लामा धेरै हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीको सेवा २४ सैं घन्टा र हप्तामा सातै दिन दिनुपर्ने र निशुल्क सेवा सम्बन्धमा कुनै गुनासो भए तत्काल लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा खबर गर्न प्रहरी नायब महानिरीक्षक (डिआइजि) टेकप्रसाद राईले आग्रह गरे । भर्खर मात्रै लुम्बिनी प्रदेशको जिम्मेवारी समालेका राईले खुला बोर्डर नेपाल प्रहरीका लागि चुनौति रहेको बताउँदै चोरी पैठारीको काम रोक्नमा सबै सरोकार निकायले सहयोग गरे सम्भव हुने बताए ।

नेपाल प्रहरीमा कुनै पनि नागरिकले सेवा लिँदा वा निवेदन लेख्दा तथा दर्ता गर्दा सुल्क नलाग्ने बताउँदै मुस्कान सहितको सेवा दिनु पर्ने प्रहरीको दायित्व रहेको बताए । मुस्कान सहितको सेवा दिन नसक्ने प्रहरीलाई अन्य क्षेत्रमा काम लगाउने उनले बताए ।

राईले लुम्बिनी प्रदेशबाट दैनिक ६ लाख रुपैँया ट्राफिक जरिवाना हुने गरेको बताउँदै ट्राफिक जरिवाना बढ्नु चिन्ताको बिषय भएको बताए । जनचेतना, सडकको ईन्जिनियरिङ र प्रहरीसँगको सहकार्य भएमा ट्राफिक जरिवाना घट्ने दाबी गरे । प्रदेशमा अहिले औषतमा दैनिक दुई जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको बताउँदै लुम्बिनी प्रदेशमा सरोकारवालाको साथ र सहयोग भएमा अहिले भएकोलाई  १० प्रतिशतमा झार्न सकिने बताए ।

केन्द्रिय सरकार निमार्ण पश्चात नेपाल प्रहरीका सबैजसो युनिटमा जिम्मेवारी हेरफेर भएको छ । नेपाल प्रहरी सक्रिय रुपमा चोरी तस्करी रोक्न लागेमा खुला सिमाना भएपनि न्यूनिकरण गर्न सकिन्छ ।