शीर्षकहरू

कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन् उपकार लघुवित्तको लाभांश ?

कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन् उपकार लघुवित्तको लाभांश ?

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले शेयरदर्ता किताब (बुक क्लोज) को मिति तोकेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि फागुन ४ गते एक दिनका लागि शेयरदाखिला खारेज बन्द गर्ने निर्णय गरेको छ । 

जस अनुसार फागुन ३ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश र सो साधारणसभामा भाग लिन पाउनेछन् । कम्पनीको साधारणसभा फागुन १८ गते बिहिबार हुने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ६१.७५ प्रतिशत बोनस शेयर र कर पयोजनका लागि ३.२५ प्रतिशत नगद लाभांंश दिने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगमी साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले पाउनेछन् ।