शीर्षकहरू

महिला लघुवित्तको ५० प्रतिशत लाभांश फागुन २१ गते पारित हुने

महिला लघुवित्तको ५० प्रतिशत लाभांश फागुन २१ गते पारित हुने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २१ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । माघ २० गते बसेको सञ्चालन समितिको बैठकले आगन्तुक रिसोर्ट म्युटार मार्ग धुलिखेल, काभ्रेमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित कुल ५० प्रतिशत लाभांशलाई पनि अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १४ करोड ७५ लाखको आधारमा ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उल्लेखित प्रस्तावहरूसँगै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।