शीर्षकहरू

निर्धन उत्थान लघुवित्तले बोलायो साधारण सभा, २० प्रतिशत लाभांश पारित हुने

निर्धन उत्थान लघुवित्तले बोलायो साधारण सभा, २० प्रतिशत लाभांश पारित हुने

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १२ गते २४औं वार्षिक साधारण सभा बोलाएको छ । माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई पारित गर्नुका साथै प्रस्तावित २० प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको चुक्तापूँजी रू. ४३ करोड ९० लाख ५ हजार रहेको छ ।

 यी प्रस्तावसँगै कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साथै संस्थापक तर्फबाट दुई जना र सर्वसाधारणतर्फबाट दुई जना गरी चार सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।