शीर्षकहरू

आज सावधानी अनाउनुस्, यस्तो छ देशभरको मौसम विवरण

आज सावधानी अनाउनुस्, यस्तो छ देशभरको मौसम विवरण

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । देशका तराईका  केही भू–भागहरूमा हल्का हुस्सु लागेको छ ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, राती प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ ।

तराईका भू–भागहरुमा विहानीपख लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।