शीर्षकहरू

अपि पावरले हकप्रद शेयर निष्कासन गर्ने, विद्युत नियमन आयोगबाट स्वीकृती पायो

अपि पावरले हकप्रद शेयर निष्कासन गर्ने, विद्युत नियमन आयोगबाट स्वीकृती पायो

काठमाडौं । विद्युत नियमन आयोगले अपि पावर कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्कासन गर्न स्वीकृती प्रदान गरेको छ । कम्पनीलाई बोनस शेयर वितरण पछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न माघ १२ गतेको पत्र मार्फत स्वीकृती प्रदान गरेको हो । 

अब कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गराउनुपर्नेछ । दोस्रो चरणमा भने धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग पनि स्वीकृति लिनुपर्नेछ । 

यी सबै प्रक्रिया पूरा गरेर शेयरधनीहरूमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय कम्पनीले गरेको छ । प्रस्तावित ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १३ करोडभन्दा माथि पुग्नेछ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।