शीर्षकहरू

बक्स अफिसमा पठानको धमाका, चार दिनमै चार सय करोड कमाई

बक्स अफिसमा पठानको धमाका, चार दिनमै चार सय करोड कमाई

एजेन्सी । विवादास्पद बलिउड फिल्म पठानले बिक्रीको मामिलामा भने दिन प्रतिदिन नयाँ रेकर्ड बनाइरहेको छ । शनिबारले गर्दा पठानलाई भरपुर फाइदा पुगेको हो ।

भारतिय सञ्चार माध्यमहरुका अनुसार सो फिल्म रिलिज भएको चौथो दिनसम्म चार सय करोड भारु भन्दा बढी आम्दानी गरिसकेको छ । अभिनेता शाहरुख खानले कमब्याक यो सिनेमाले रिलिज भएकै दिनदेखि एकपछि अर्को रेकर्ड बनाइरहेको छ । 

सानदार ओपनिङ गरेको यस फिल्मको कमाई लगातार चौथो दिनसम्म बढिरहनुलाई बलिउडका विश्लेषकहरुले अत्यन्तै राम्रो भन्दै चर्चा गरेका छन् । पहिलो दिन नै यस फिल्मले ५५ करोडको व्यापार गरेको थियो भने त्यो व्यापारसंगै यसले केजीएफ च्याप्टर २, बाहुबली २ जस्ता सिनेमाहरुको पहिलो दिनको कमाइलाई समेतथ उछिनेको थियो । 

दोस्रो दिन ७० करोडको व्यापार गर्दै यसले दुई दिनमा नै एक सय करोडको आँकडा पार गरेर अर्को रेकर्ड बनाएको थियो । तेस्रो दिन व्यापारमा केहि कमजोर देखिए पनि चौथो दिन ५२ करोडको व्यापार गर्दा विश्वव्यापीरुपमा यसको कूल व्यापार चार सय भारु भन्दा बढी पुगेको हो ।