aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

फरवार्ड माईक्रोफाइनान्सको नगद लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ माघ २०७९
फरवार्ड माईक्रोफाइनान्सको नगद लाभांश घोषणा
NIBL

काठमाडौं । फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरको छ । कम्पनीले पुस ३० गते सम्पन्न १०औं वार्षिक साधारण सभाबाट पारित कर समेत ५ प्रतिशत नगद लाभांश माघ १५ गतेदेखि वितरण गर्न सुरु गरेको हो । 

कम्पनीले पुस १७ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरूले हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश जम्मा गरेको हो । सोही सभाबाट कम्पनीले २५ प्रतिशत बोनस शेयर समेत वितरण गर्ने निर्णय गरेको छ । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि मात्र वितरण हुनेछ । 

हालसम्म बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन समेत कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा भने एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस