शीर्षकहरू

होन्डाको नयाँ स्कुटर स्मार्ट एक्टिभा सार्वजनिक

होन्डाको नयाँ स्कुटर स्मार्ट एक्टिभा सार्वजनिक

एजेन्सी । होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले आफ्नो नयाँ स्मार्ट एक्टिभा भारतमा सार्वजनिक गरेको छ । मुम्बईमा आयोजित कार्यक्रममा कम्पनीले यो नयाँ पुस्ताको स्कुटरलाई स्मार्ट कीसहित सार्वजनिक गरेको हो । यसले एन्टी थेफ्ट अलार्म र कीलेस इन्जिन स्टार्टरस्टप जस्ता सुविधाहरू पनि पाउँछ। साथै, स्कुटरका धेरै सुविधाहरू स्मार्ट कीबाट सञ्चालन गर्न सकिन्छ।

कम्पनीले एक्टिभा एच(स्मार्ट भारतीय बजारमा तीन ट्रिम (भ्यारिएन्ट) र ६ रङ विकल्पसहित सार्वजनिक गरेको छ । यसमा डिसेन्ट ब्लू, रिबेल रेड मेटालिक, म्याट एक्सिस ग्रे मेटालिक, ब्ल्याक, पर्ल प्रिसियस ह्वाइट र पर्ल साइरन ब्लू कलरको विकल्प दिइएको छ । यसले टिभिएस जुपिटर र हिरो मेस्ट्रोसँग प्रतिस्पर्धा गर्छ । नयाँ एक्टिभा जनवरीको अन्त्यसम्ममा बिक्रीका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।