aarthiknews.com आइतबार, १२ चैत्र २०७९   Sunday, 26 March, 2023
 

तुलसीपुरमा विद्यालयका लेखापालको तलब बढ्यो

  • रासस
    रासस
  • आइतबार, ०८ माघ २०७९
Prabhu Bank
Motor Head
तुलसीपुरमा विद्यालयका लेखापालको तलब बढ्यो
nabil bank
LBF

काठमाडौं । तुलसीपुरमा विद्यालयका लेखापालको तलब बढेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले गतको साउन महिनादेखि लागू हुने गरी रु दुई हजार तलब बढाएको हो । यससँगै अब लेखापालले रु २० हजार पाँच सय तलब पाउनेछन् । यसअघि उपमहानगरपालिकाभित्रका लेखापालको तलब रु १८ हजार पाँच सय थियो ।

तुलसीपुर नगर विकासको पूर्णता
तुलसीपुर नगर विकास समितिले पूर्णता पाएको छ । उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का पदेन अध्यक्ष रहने उक्त समितिको सदस्यमा नागरिक समाज दाङका पूर्वध्यक्ष टीकाराम रेग्मी, एमाले नेता सपना भण्डारी बस्नेत, विज्ञ सदस्यमा डा नहकुल केसी र मधुकराज भण्डारीलाई मनोनित गरिएको हो । उनीहरूको मनोनितसँगै नगर विकास समितिले पूर्णता पाएको छ । 

तुलसीपुर उपमहानगरपालिकाको नगरसभा माघ २० गते बस्ने भएको छ । १२औँ नगरसभा बैठक यही माघ २० गते बस्ने निर्णय भएको हो । 

प्रतिक्रिया दिनुहोस