शीर्षकहरू

आज काठमाडौंमा अत्याधिक चिसो, यस्तो छ देशभरको मौसम

आज काठमाडौंमा अत्याधिक चिसो, यस्तो छ देशभरको मौसम

काठमाडौं । आज काठमाडौंमा अत्याधिक चिसो महसुस गरिएको छ । आज बिहान पौने ६ बजेको विवरण अनुसार काठमाडौंको तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मिौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहि देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातीː बागमती प्रदेश र मधेश प्रदेश लगायत प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका  केहि भू(भागहरूमा  बिहानीपख हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।