शीर्षकहरू

मेस्सी र रोनाल्डोको फुटबल भिडन्तले खेल जगतमा तरंग

मेस्सी र रोनाल्डोको फुटबल भिडन्तले खेल जगतमा तरंग

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले २ गोल गरे पनि साउदी अल स्टार–११ विरुद्ध पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित आफ्नो पक्षमा पारेको छ । बिहीबार राति घरेलु मैदानमा भएको खेलमा साउदी टोली पीएसजीसँग ५–४ गोल अन्तरले हारेको हो ।

पिएसजीका लागि लिओनेल मेस्सी, केलियन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले समान एकरएक गोल गरे । साउदीका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा एन्डरसन तालिस्का र जाङ ह्युन सुले एकरएक गोल गरे । 

खेलको ३९औँ मिनेटमा पीएसजी १० खेलाडीमा समेटिएको थियो । जुआन बर्नाटले काउन्टर अट्याकमा अघि बढेको अवस्थामा सलेम अल दसारीलाई खराब ट्याकल गर्दै लडाएपछि रेफ्रीले सीधै रातो कार्ड देखाएका थिए ।

खेलको तेस्रो मिनेटमै लिओनेल मेस्सीको गोलमा पीएसजीले सुरुवाती अग्रता बनाएको थियो । पाचौँ मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ४३औँ मिनेटमा मार्किहन्सले गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिए । तर त्यसको केही मिनेटमा नै रोनाल्डोले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

खेलको पहिलो हाफमा नै रोनाल्डोले दुई गोल गरे पनि टोलीका लागि पर्याप्त बनेन । 

बहु प्रतिक्षित यस खेलको नतिजाले खेल जगतमा नयाँ तरंग ल्याएको छ ।