शीर्षकहरू

नयाँ मन्त्रीहरु पशुपतिनाथ मन्दिरमा पुगे

नयाँ मन्त्रीहरु पशुपतिनाथ मन्दिरमा पुगे

काठमाडौं । नेकपा माओवादीको नेतृत्वमा बनेको सत्ता गठबन्धनका नयाँ मन्त्रिहरु पशुपतिनाथको मन्दिरमा पुगेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेका उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह पशुपति मन्दिर दर्शन गर्न पुगेका हुन । उनीहरु राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि पशुपतिनाथ मन्दिर पुगेका छन् ।