शीर्षकहरू

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको विशेष साधारण सभा मंगलवार

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको विशेष साधारण सभा मंगलवार

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले भोलि मंगलवार अर्थात माघ ३ गते विशेष साधारण सभा बोलाएको छ । विशेष साधारण सभा  लिसारा रिसेप्सन भगवती बहाल नक्साल, काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो ।

सभाले ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त हकप्रद शेयर निष्कासनको लागि नेपाल बीमा प्राधिकरणबाट कम्पनीले स्वीकृति पाइसकेको छ ।  

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ६५ करोड ३२ लाख रहेको छ । हकप्रद शेयर निष्कासनपछि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि हुने भएकाले सोहीबमोजिमको प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव समेत सभाले पारित गर्नेछ । 

नियमावली संशोधनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस २४ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।