शीर्षकहरू

सन्दीप लामिछानेको धरौटीबारे ट्रोल र टिप्पणी, महिला अधिकारकर्मीको सुरु भो अर्कै धन्धा

सन्दीप लामिछानेको धरौटीबारे ट्रोल र टिप्पणी, महिला अधिकारकर्मीको सुरु भो अर्कै धन्धा

काठमाडौँ। 'पल शाह दश लाख, सन्दीप लामिछाने बिस लाख, अब तीस लाखको पालो कसको हो, होस् गर है केटा हो महँगी बढ्दै छ।' राजु भुजेल नाम गरेका एक फेसबुक प्रयोगकर्ताले स्ट्याटस लेखे। त्यसमा अनेकौँ रोचक कमेन्टहरू छन्। 

उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश उल्टाइदिए पछि अहिले त्यसबारे सामाजिक सञ्जालमा ट्रोल नै चलेको छ। तर, ट्रोलको विषय भने उनको रिहाइ होइन बरु माग गरिएको धरौटी रकम हो। 

इजलासले सन्दीपलाई  २० लाख धरौटी राखेर तारिखमा छाड्न आदेश दिएको छ । अरू पूर्वसर्तहरु पनि धेरै नै छन्। तथापि धरौटी रकम किन चर्चामा आयो भने उनको जस्तै आरोप लागेका नायक पल शाहलाई भने १० लाख मात्र धरौटी मागिएको थियो।   

यही विषयमा नवीन अधिकारी नामक फेसबुक प्रयोगकर्ताले लेखेको स्ट्याटस पढ्न लायक छ :

केही वर्ष पहिला जापानको एउटा मलमा चिप्लेर लडेका एक वयस्कले मलका मालिकबाट करोडौँ येन हर्जाना असुल गरेको समाचार आएको थियो। त्यति बेला ती व्यक्तिको मासिक आम्दानी राम्रो रहेको, उक्त दुर्घटनापछि अब उनले कमाउन नसक्ने, यदि दुर्घटना नभएको भए बाँकी जिन्दगीमा कमाउन सक्ने सम्भावित रकमको ७० प्रतिशत रकम माग दाबी गरिएको थियो। विकसित देशमा काम गर्ने नेपालीहरू काम गर्दागर्दै घाइते या अङ्गभङ्ग भएको अवस्थामा रोजगारदाता कम्पनी (या इन्स्योरेन्स) बाट मोटो रकम बुझेको खबर पनि पक्कै सुन्नुभएकै होला। 

यसमा एउटा गज्जबको नियम छ। मानौँ, म महिनाको पचास हजार रुपैयाँ कमाउँछु। मेरा मालिक महिनाको पचास लाख कमाउँछन्। हामी दुई जना सडकको एक कुनामा हिँड्दै थियौ। अचानक एउटा ट्रक सडक पेटी मै उक्लेर आयो र हामीलाई अङ्गभङ्ग हुने गरेर किच्यो। अब हाम्रो मुद्दा चल्नेछ। यस्तो अवस्थामा हामीलाई जरिवाना स्वरूप ट्रक मालिकले तिर्ने रकम पनि मेरो भन्दा मेरो मालिकको १०० गुणा बढी हुनसक्छ। यस्तो बेलामा हाम्रो मासिक आम्दानीको हिसाब गरेर हर्जाना माग गरिन्छ, दिइन्छ। 

यो नियम नेपालमा पनि लागू भएको थियो। झन्डै पाँच वर्ष पहिला काठमाडौँमा युएस बङ्गला विमान दुर्घटनामा बङ्गलादेशबाट भर्खर एमबिबिएस गरेका युवायुवती धेरै मरे। त्यो बेलामा क्षतिपूर्ति माग गर्दा उनीहरूलाई पढाउन गरिएको खर्च र उनीहरूले बाँकी जिन्दगी कमाउन सक्ने मासिक आम्दानीको हिसाब गरिएको थियो। सुन्दा नराम्रो सुनिए पनि व्यवहारिक रूपमा यो आवश्यक पनि हुन्छ। परिवारको सदस्यको मृत्यु एउटा पाटो छदैँछ, बाली भित्राउन लागेको बेलामा असिनाले सबै बाली सखाप पारेको किसान जस्तो कमाउने बेलामा छोराछोरी मर्दा परिवारको आयको पाटो पनि हेर्नु अस्वाभाविक हैन।

यो नियम अदालतमा धरौटीमा पनि लागू हुनसक्छ। श्रीमानले आरोपी या अभियुक्तको खल्ती छामेर, सम्पत्ति हेरेर यस्ता मूल्य तोक्न सक्छन्। सन्दीप लामिछानेलाई बिस लाख रुपैयाँ धरौटी मागिएको कुरालाई जुन ट्रोल गरिएको छ, त्यो नजिर अब यस्ता केस सबैमा लाग्ने नजिर हो भनिनु गलत हो। अतः लिने र दिने दुवै केसमा तपाईँको खल्ती छामिन्छ।

उनको वालमा अर्का एक मित्रले सूचनामूलक टिप्पणी गरेका छन् : 'जनताको तर्फबाट २० लाखको विरोध हान्न भनेर मानवअधिकार सङ्गठनतिर जान लागेका भन्दै गरेका महिलाहरूसँगै ट्याम्पोमा यात्रा गरियो।' हेर्न बाँकी नै छ, महिला अधिकारकर्मीले अब फेरी कुन अर्को ट्रोल बनाउने हुन्।