शीर्षकहरू

आज चार प्रदेशमा हिमपात र बदली, यस्तो छ देशभरको मौसम

आज चार प्रदेशमा हिमपात र बदली, यस्तो छ देशभरको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका चार प्रदेशमा सामान्य बदली हुनुका साथै हिमपातको सम्भावना रहेको जनाएको छ । देशका चार प्रदेशमा आज आंशिकदेखि सामान्य बदली हुने पूर्वानुमान रहेको विभागले उल्लेख गरेको हो । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार चार प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले पहाडी भू–भागमा आंशिक बदली रहेको महिाशाखाले जनाएको छ । 

तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ भने हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।