शीर्षकहरू

हिमालयन उर्जा विकासको साधारण सभा स्थगित

हिमालयन उर्जा विकासको साधारण सभा स्थगित

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले पुस २९ गतेका लागि तय गरेको २२औं वार्षिक साधारण सभा स्थगित भएको छ । पुस गतेको कम्पनीको सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि सभा स्थगित गर्ने निर्णय गरेको हो । 

कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित, चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणसँगै सुमन शर्मा चौलागाईलाई बाँकी कार्यकालको लागि नियुक्ती गरिएको विषय अनुमोदन लगाएतका प्रस्ताव सभाका लागि तय गरेको थियो । सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गरिसकेको छ ।