शीर्षकहरू

हिजोभन्दा आज झन् जाडो, अझै एकमहिना मौसममा सुधार नआउने

हिजोभन्दा आज झन् जाडो, अझै एकमहिना मौसममा सुधार नआउने

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागहरुमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज बिहान पौने ६ बजेको काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियस रहेको छ । मौसमविद्ले बिहान पौने ६ बजे काठमाडौंको न्यनूतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको जानकारी दिएका छन् । आज काठमाडौंमा बदली हुनेछ । बादल लाग्ने र घाम लाग्ने क्रम चलिरहनेछ । यद्यपि, दिउँसो बिहानको तुलनामा केही खुल्नेछ । 

विभागले आज राति प्रदेश–१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ । प्रदेश–१ र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।