aarthiknews.com आइतबार, १२ चैत्र २०७९   Sunday, 26 March, 2023
 

गृहमन्त्रीद्वारा राहदानी विभागको अनुगमन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ पुस २०७९
Prabhu Bank
Motor Head
गृहमन्त्रीद्वारा राहदानी विभागको अनुगमन
nabil bank
LBF

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बधबार त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका छन । राहदानी लिन सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको समाचार बाहिर आइरहेकाबेला गृहमन्त्री लामिछानेले विभागको अनुगमन गरेका हुन ।

यसअघि मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानीलगायतका सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो । “सोही आधारमा आज मन्त्रीले राहदानी विभागको अनुगमन गरेका हुन”, गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए । उनका अनुसार परराष्ट्रमन्त्री नियुक्त नभएकाले पनि प्राप्त जिम्मेवारीका आधारमा उनले आज स्थलगतरूपमा अनुगमन गरेर वस्तुस्थितिबारे जानकारी लिएका हुन ।

प्रतिक्रिया दिनुहोस