शीर्षकहरू

साधारण सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्दै शिवम् सिमेन्ट्स

साधारण सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्दै शिवम् सिमेन्ट्स

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले पुस २९ गतेका लागि तय गरेको सातौं वार्षिक साधारण सभा प्रयोजनका लागि पुस २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीले १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि सभा आव्हान गरेको हो । सभा सामना होटल, मकवानपुरमा विहान १० बजे सुरु हुनेछ । 

कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ४ अर्ब ४० करोडको आधारमा १० दशमलव ५३ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो लाभांश कम्पनीले तय गरेको बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र प्राप्त गर्नेछन् ।

 सभामा भाग लिनका लागि समेत पुस १९ गतेसम्म कायम शेयरधनीहरू मात्र योग्य हुनेछन् । कम्पनीले सभाका लागि लाभांश प्रस्तावसँगै आगामी चार वर्षे कार्यकालका लागि कम्तिमा एक जना महिला सहित पाँच जना सञ्चालकहरुको निर्वाचन समेत गर्ने कार्यक्रम तय गरेको छ ।