शीर्षकहरू

सामाजिक सुरक्षा भत्ता हिनामिना गर्ने तीन जनाविरुद्ध मुद्दा दायर

सामाजिक सुरक्षा भत्ता हिनामिना गर्ने तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ४ का तत्कालीन वडा सचिव मोहन प्रसाद आचार्यसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको हो । 

उनीहरुले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आयोगले दायर गरेको आरोप–पत्रमा उल्लेख छ ।  आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ मा सामाजिक सुरक्षा भत्ता वितरणमा दोहोरो पर्ने गरी, मानिस नै नभएको, मृत्यु भैसकेको, अभिलेख नै नभएको व्यक्ति तथा बसाईसराई गरी अन्यत्र गएको व्यक्तिको समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको भरपाई बनाई सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको उनीहरुविरुद्ध आरोप रहेको छ । 

उक्त कार्यमा संलग्न निम्न प्रतिवादीहरुलाई कसुर सजाय र विगो असुलउपरको मागदावी समेत गरिएको साथै आरोपी तीनै जनाविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।