शीर्षकहरू

इष्टर्न हाइड्रोपावरले बोलायो साधारण सभा

इष्टर्न हाइड्रोपावरले बोलायो साधारण सभा

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ८ गतेको सञ्चालक समितिको बैठकले होटल हार्दिक बागबजार, काठमाडौंमा विहान ८ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्गो लगाउँनेछ । सभाले सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिमा एक जना महिला अनिवार्य रहने गरी नियमावली संशोधन गर्ने विषय पनि सभाका लागि तय गरेको छ ।

हालसालै सर्वसाधारणमा आईपीओ जारी गरेको यस कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । कम्पनीले गत असोजमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाट क्षमताको पिखुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७६ साल जेठ २७ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । उक्त आयोजनाको निर्माण लागत कुल रू. १ अर्ब ३० करोड ५८ लाखभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत रू. २६ करोड ११ लाखभन्दा बढी छ ।