शीर्षकहरू

आरएसडिसी लघुवित्तले पुस २९ मा बोलायो साधारण सभा, ११ प्रतिशत लाभांश प्रस्ताव

आरएसडिसी लघुवित्तले पुस २९ मा बोलायो साधारण सभा, ११ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ७ गतेको सञ्चालक समितिको बैठकले एशियन होटल, बुटवल, रूपन्देहीमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नका साथै प्रस्तावित कुल ११ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ८० करोड ५१ लाख ५५ हजाको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव कम्पनीले गरेको हो । उल्लेखित प्रस्तावसँगै संस्थापक शेयरधनीको तर्फबाट चार जना सञ्चालक निर्वाचन समेत सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।