शीर्षकहरू

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले आह्वान गर्यो साधारण सभा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले आह्वान गर्यो साधारण सभा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले पुस २९ गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । कम्नपीको पुस ७ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित ७ दशमलव ६० प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति दिनेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा २ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उल्लेखित प्रस्ताव सहित विद्यमान संस्थापक तर्फको ५३ दशमलव ३२ प्रतिशत र सर्वसाधारण तर्फको ४६ दशमलव ६८ प्रतिशत शेयर स्वामित्व परिवर्तन गरी संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम गर्ने विषयलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।