शीर्षकहरू

कागेश्वरी मनोहराले लोकसेवा आयोगको कक्षा सञ्चालन गर्ने

कागेश्वरी मनोहराले लोकसेवा आयोगको कक्षा सञ्चालन गर्ने

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गरी दलित, आदिवासीरजनजाति, महिला र अपाङ्गता तथा पिछडिएको क्षेत्रका लागि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।

नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले निजामती सेवामा दलित तथा महिलाको पहुँच अभिवृद्धि तथा निजामती प्रशासनप्रति अभिरुचि जगाउने उद्देश्यले तयारी कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिए । तयारी कक्षामा सहभागी हुन चाहनेले १५ दिनभित्र आवश्यक कागजातसहित निवेदन दिन नगरपालिकाले आग्रह गरेको छ ।

राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) तथा राजपत्र अनङ्कित द्वितीय श्रेणी (खरिदार) को पाठ्यक्रममा आधारित कक्षा सञ्चालन हुनेछन् । नगरपालिकाभित्र बसोबास गर्नेलाई प्राथमिकता दिइने नगरप्रमुख कार्कीले बताए ।