शीर्षकहरू

नेपाली जन, स्वदेशी धन र स्थानीय मनको संयोगले दिलाएको सफलता

नेपाली जन, स्वदेशी धन र स्थानीय मनको संयोगले दिलाएको सफलता

काठमाडौँ । उद्योगी/व्यापारी घरानाले कुनै उद्योग खोल्नु र त्यसले सफलतापूर्वक व्यापार गर्नु नौलो कुरा होइन । तर, नेपाल जस्तो अनेकौँ समस्याका पहाडहरू भएको देशमा सामान्य परिवारले उद्योग खोलेर गुणस्तरीय उत्पादनद्वारा ग्राहकको मन जित्नु पनि चानचुने कुरा होइन। हो, यस्तै सफलता हासिल गरेको विद्युतीय केबल उत्पादक कम्पनी हो, जानकी केबल।  

‘छैन कुनै सर्ट सर्किटको डर, जानकी केबलको मात्र हुन्छ सुरक्षित घर’ भन्ने मूल नाराका साथ अघि बढेको जानकी केबलको यात्रा ११ वर्ष नाघिसकेको छ ।  यो यात्राको क्रममा जानकी केबल नेपालको तार तथा केबल उद्योगमा अग्रपङ्क्तिमा छ ।

उद्योगी व्यापारीको पृष्ठभूमि नभएका साधारण नेपालीहरूले आँट गरेर सञ्चालनमा ल्याएका हुन्, यो कम्पनी । तर, यस केबलको हालसम्मको यात्रा भने निकै चुनौतीपूर्ण रहेको जानकी केबलका महाप्रबन्धक राघबेन्द्र कुमार ठाकुर सुनाउँछन् । उनी भन्छन्, ‘हामी व्यापारी परिवारबाट आएर यो व्यवसायमा लागेका होइनौँ । हामी साधारण नेपालीहरूले सञ्चालनमा ल्याएका हौँ । हामी उद्योगी व्यवसायीका परिवारबाट नभएर पनि होला यस क्षेत्रको हालसम्मको यात्रामा धेरै नै चुनौतीहरू आयो ।’ धनुषाको महेन्द्रनगरमा रहेको जानकी केबल नेपाली लगानी र नेपाली जनशक्तिबाट सञ्चालित छ ।  

चुनौती पार गर्दै अहिलेसम्म देशभरका उपभोक्तामाझ पुगेको छ जानकी केबल । यसका नेपालभर विभिन्न करिब २ सय बढी डिलर, सब डिलरहरूमा उपलब्ध छन् । घर, कार्यालय तथा इन्डष्ट्रिहरूका लागि आवश्यक विभिन्न साइज र प्रकारहरूमा तारहरू उत्पादन गर्ने जानकी केबलसँग एक दशकभन्दा लामो अनुभव रहेको छ । 

परिवर्तनशील बजारको आवश्यकताहरू पूरा गर्न जानकी केबलले ग्राहक सन्तुष्टि सधैँ प्राथमिकता राखेको बताउँदै ठाकुरले भने, ‘पछिल्लो समय निर्माण क्षेत्रका कम्पनीहरूले हाम्रो उत्पादनहरू रुचाउँछन् । नेपालको गुणस्तरीय वायर कम्पनीहरूमध्ये हामी अग्रणी स्थानमा छौँ । ग्राहकको नजरमा हामी सधैँ विश्वासिलो र भरपर्दो बनिरहेका छौँ ।’   

'यो व्यवसाय सुरु गर्दा हामीले प्रतिस्पर्धीलाई प्रतिस्पर्धी मानेनौँ । सहयात्रीकारुपमा लियौँ । आफ्ना प्रतिस्पर्धीहरूबाट धेरै कुराहरू सिक्यौँ पनि । उत्पादनदेखि बजार व्यवस्थापनसम्ममा हामी अनविज्ञ थियौँ । काम गर्दै जाँदा धेरै कुराहरू बटुल्न पायौँ।’, उनले सफलताको सूत्र खोले । बजारमा रहेका केबल व्यवसायीले भन्दा फरक ढङ्गले अगाडी बढेकोले पनि ग्राहकको प्राथमिकतामा पर्न सफल भएको महानिर्देशक ठाकुर दाबी गर्छन् ।  

‘नेपाली बजारमा मिटरको गुनासो जहिले पनि रहिरह्यो । ती गुनासोहरूलाई हामीले लगभग समाप्त नै पारेका छौँ । हामीले आवश्यकताको आधारमा मिटर कोडिङ गर्छौ । हामी सेकेन्डरी वस्तु प्रयोग गर्दैनौँ’, उनले ग्राहकको मन बुझेको प्रस्ट्याए ।  

धेरै मानिसहरूले दुख गरेर कमाएको पैसा आफ्नो घरका लागि खर्चेको हुन्छ । उक्त घरको एउटा प्रमुख अङ्गको रूपमा तारलाई लिन सकिन्छ । कतिपय मानिसहरूले सस्तो तार हालेर त्यो लगानी गरेकोमा पछुताउनु पर्ने स्थिति पनि बनाइरहेका छन् । तारका कारण आगलागी भएका घटनाहरू सुनिरहेका हुन्छौँ । त्यस्तो समस्या समाधानका लागि जानकी केबल सधैँ लागिपरेको बताउँदै उनले भने, ‘जानकी केबलमा तारबाट आगलागी हुँदैन । जानकी केबल प्रयोग गर्ने ग्राहकले पछुताउनु पर्ने कुनै स्थिति आउँदैन । एक पटक प्रयोग गर्ने उपभोक्ताले सधैँ यसलाई नै रोज्ने गर्छन् ।’  

भारतीय भन्दा नेपाली तारको गुणस्तर एकदमै राम्रो रहेको छ । भारतीयले पनि नेपाली वायरलाई प्राथमिकताका साथ रोज्ने गर्छन् । त्यसैले यसको निर्यातको सम्भावना पनि राम्रो छ। नेपालमा बनेका तारमा प्रयोग हुने तामा, एल्मोनियम, पिभिसी विदेशबाट आयात  गर्नु पर्ने हुन्छ । यी वस्तुहरू विदेशमा भएको मूल्यको आधारमा नेपाली तारको मूल्यमा पनि असर गर्छ । यसको कच्चा पदार्थ रसिया, दुबई र भारतबाट आयात गर्ने गरिन्छ । तर, पछिल्लो समय देखा परेको तरलताको अभावले केबल बजारमा पनि समस्या पारेको उनले गुनासो गरे ।