शीर्षकहरू

भ्रष्टाचार आरोपमा दुई जना विरुद्ध मुद्दा दायर, २८ लाख बिगो माग

भ्रष्टाचार आरोपमा दुई जना विरुद्ध मुद्दा दायर, २८ लाख बिगो माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखत बहादुर थापाविरुद्ध मुद्दा दायर गरेको हो ।

सत्याल र प्लम्बर थापाले खानेपानी सम्बन्धी कामको भुक्तानी वापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना आयोगमा परेको थियो । सोहि उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनीहरुलाई १६ लाख नगद र १२ लाखको चेक लिइसकेको अवस्थामा गत कात्तिक २ गते नियन्त्रणमा लिइएको थियो ।

उनीहरुलाई आयोगले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सत्याल र थापाले बिभिन्न आर्थिक बर्षहरुको भुक्तानी भएको रकमको धरौटी फिर्ता गर्ने क्रममा २८ लाख  घुस÷रिसवत माग गरी लिएको पुष्टि भएको अख्तियारको भनाई छ । उनीहरुविरुद्ध २८ लाख बिगो माग गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।