शीर्षकहरू

गाउँपालिका र उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा भ्रष्टाचार

गाउँपालिका र उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा भ्रष्टाचार

काठमाडौं । स्थानीय निकायका पदाधिकारी,कर्मचारी र उपभोक्ता समितिका पदाधिकारी मिलेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । तत्कालीन जिल्ला सर्लाही, चक्रघट्टा गाउँपालिका अध्यक्ष बिक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार पाठक, इन्जिनियर अजय यादव र लेखापाल शिव शंकर प्रसाद कुसवाहाले झुटा विल बनाइ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । 

वहिदको जग्गादेखि ढङ्ग्रा खोलासम्म पक्की नाला निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साईटमा नगरे नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई पेश गरेको तीन लाख ४१ हजार ५४४ रुपैयाँ भ्रष्टाचार गरेको आयोगले आरोप लगाएको छ ।  

 उपभोक्ता समितिका अध्यक्ष शेख मो इरफान अलि, कोषाध्यक्ष हजरा खातुन र सचिव मो। इरफानले सम्झौताबमोजिमको शर्त पालना नगरी, लागत अनुमान बमोजिम गर्नुपर्ने सबै कामहरु नगरी कार्य सम्पन्न भएको भनी गैरकानूनी  तगरिकाले लाभ लिन खोजेको भन्दै कानुनी कारबाहि र जरिवाना  बिगोसमेत जफत गरि पाउभन्दै आयोगले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।