aarthiknews.com आइतबार, १७ मंसिर २०८०   Sunday, 03 December, 2023
 
Royal Enfield
sarbottamcement

जर्मनीका व्यापार मेलाहरुबारे छलफल सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ मंसिर २०७९
Global IME
ime Limited
जर्मनीका व्यापार मेलाहरुबारे छलफल सम्पन्न
DHI
nmb

काठमाडौं । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र जर्मनका लागि नेपाली राजदुतावास विच जर्मनीमा हुने गरेका विभिन्न व्यापार मेलाहरुका सम्वन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जुम मार्फत गरिएको उक्त कार्यक्रममा जर्मनीका लागी नेपालका राजदुत रामकाजी खड्का लगायतका सरकारी पदाधिकारीहरुको उपस्थिति रहेको थियो। 

उक्त छलफलमा यस अघि जर्मनीमा भईरहेका मेलाहरुमा नेपालले जनाएको सहभागिता र प्राप्त प्रतिफलको विश्लेषण गर्दै आगामी दिनहरुमा संचालन हुने व्यापार मेलाहरुमा कसरी अधिकतम सहभागिता जनाउने भन्ने सम्वन्धमा छलफल भएको थियो।

जर्मनी निर्यात व्यापारका हिसावले नेपालका लागि तेस्रो गन्तव्य मुलुक हो। विशेषगरी जर्मनीमा गलैचा, पश्मिना, फेल्ट, अदुवा लगायतका वस्तुहरु निर्यात हुने गरेको छ। गत आवमा जर्मनी तर्फको निकासी व्यापारमा ३० प्रतिशतले वृद्धि भएको देखिन्छ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणाका अनुसार जर्मनिमा हुने डोमोटेक्स, वायोफ्याक लगाएतका ठुला व्यापार मेलाहरुमा नेपालले सहभागिता जनाउदै आएको छ र केन्द्रले विश्वका अन्य देशहरुमा आयोजना हुने व्यापार मेलाहरुको तयारिका सम्वन्धमा समेत यस्ता किसिमका अन्तरकृयाहरु गरि सम्वन्धित राष्ट्रमा रहेका दुतावास संगको सहकार्यमा अघी बढ्ने गरिएको समेत जानकारी दिए । 

जर्मनको फ्रांकफर्टमा यही फेव्रुअरीमा आयोजना हुन गैरहेको एम्विएन्टी ट्रेड फेयरमा सहभागिताका लगि नेपालले स्टल समेत वुक गरिसकेको र उक्त व्यापार मेलामा १२ जना उद्यमी व्यापारिलाई समेत सहभागि गरिई विटुवि र जिटुजि जस्ता कार्यक्रम आयोजना गरि उक्त व्यापार मेलामा सहभागिता जनाउन लागेको छ।  
 

प्रतिक्रिया दिनुहोस