शीर्षकहरू

१३ उद्योगीले भुक्तानी गरे बक्यौता रकम, हेटौंडा सिमेन्टले गर्यौ प्रतिबद्धता

१३ उद्योगीले भुक्तानी गरे बक्यौता रकम, हेटौंडा सिमेन्टले गर्यौ प्रतिबद्धता

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंक लाइन मार्फत विद्युत प्रयोग गरे बापतको बक्यौता रकम  भुक्तानी गर्न बाँकी रहेका ४९ कम्पनीमध्ये १३ वटा उद्योगीले बक्यौताको पहिलो किस्ता भुक्तानी गरेका छन् । हेटौंडा सिमेन्टले पहिलो किस्ता तिर्ने प्रतिबद्धता गरेको नेपाल विद्युत प्राधिकरणले बताएको छ । 

प्राधिकरणका अनुसार सरकारी स्वामित्वका दुइटा उद्योगमध्ये हेटौंडा सिमेन्टको बक्यौता ३३ करोड ८० लाख ८६ हजार २५० रूपैयाँ छ भने उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार ५३३ रूपैयाँ बक्यौता छ । जसमध्ये उदयपुरले पहिलो किस्ता भुक्तानी गरी सकेको छ । 

नेपाल विद्युत प्राधिकरणका उप–कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार बुधबारसम्ममा १३ उद्योगले पहिलो किस्ता बुझाई सकेका छन् । तर, उद्योगीको नाम र रकम खुलाउन नमिल्ने उनले बताए । उद्योगीको अनुरोधमा नै नाम नखुलाइएको उनले बताए । 

प्राधिकरणले विद्युत महसुल बापतको बक्यौता नबुझाएको भन्दै ८ कार्तिक ४३ उद्योगको लाइन काटिदिएको थियो । किस्ता बुझाउने उद्योगमा लाइन जोडिएका छन् । केही उद्योग भने अदालतमा पुगेका छन्  । अदालतले स्टे अर्डर पाएका सात उद्योगको भने लाइन काटिएको छैन ।