शीर्षकहरू

कृषि ज्ञानकै रकम झ्वाम पार्ने पाँच जना विरुद्ध मुद्दा दायर

कृषि ज्ञानकै रकम झ्वाम पार्ने पाँच जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा पाँचजना विरुद्ध मुद्दा दायर गरेको छ । मुगु छायाँनाथ रारा नगरपालिका वडा नं ४ स्थित गैराज्युला सिँचाई आयोजनामा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गर्ने विरुद्ध मुद्दा दायर भएको हो । अनुसन्धान हुँदा कृषि ज्ञान केन्द्र जुम्लाका तत्कालीन प्रमुख (उपसचिव) डा तपेन्द्र बहादुर शाह र सब इन्जिनियर महेश बढ थापाले भ्रष्टाचार गरेको भन्दै विहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगले जनाएको छ । 

योजनास्थलमा वास्तविक भएको कामभन्दा बढी रकम मूल्याङ्‍कन गरी झुठ्ठा बिल भरपाई, नापी किताब, मूल्याङ्‍कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई २ लाख ११ हजार ३१६ रुपैयाँ  रकम उपभोक्ता समितिलाई भुक्तानी गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको पुष्टि आयोगको आरोप पत्रमा उल्लेख छ ।  

साथै गैराज्युला कृषि सिँचाई निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष बाँच बहादुर सेजुवाल, सचिव माया के।सी। भाम र कोषाध्यक्ष बिजकन्या भामले पनि भ्रष्टचार गरेको अभियोग पत्र  दायर गरेको छ । मुगु छायाँनाथ रारा नगरपालिका वडा नं। द्ध बालैस्थित गैराज्युला कृषि सिँचाई आयोजनामा झुठ्ठा नापी किताब, मूल्याङ्‍कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको आयोगको आरोप पत्रमा उल्लेख छ ।  

आयोजनास्थलमा वास्तविक भएको कामभन्दा बढी मूल्याङ्‍कन गरी गराई २ लाख ११ हजार ३१६ रुपैयाँ बढी रकम भुक्तानी लिई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको अयोगको आरोप छ ।