शीर्षकहरू

राजस्व चुहावटको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर, करिब ५० लाख विगो माग

राजस्व चुहावटको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर, करिब ५० लाख विगो माग

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले किरण विश्वकर्मा र कमलकुमार लामा विरुद्द उच्च अदालत पाटनमा मंगलबार मुद्दा दायर गरेको हो ।

सर्लाही हरिवन नगरपालिका वडा नं ४ मा बसोबास गर्ने किरण बिश्वकर्माले चलाई ल्याएको प्रदेश २-03-001ख 1997 नं को ढुवानीको साधनमा बिना बिल बिजकको बिभिन्न कपडाहरु लुकाई छिपाई ओसार पसार गरीरहेको अवस्थामा बरामद गरिएको थियो । उक्त सामानको भन्सार महसुल तथा मुल्य अभिवृद्धि कर छली गरेको विभागको आरोप छ ।  

बिश्वकर्मासँगै धनुषाको मिथिला नगरपालिका ४ का कमलकुमार लामाले राजस्व चुहावटको कसूर अपराध गरेको पुष्टी हुन आएको विभागले जनाएको छ ।  ट्रकबाट बरामद भएको कपडाको बिगो १८ लाख ४२ हजार २४८  रुपैयाँ, भन्सार महशुल ३ लाख ६८ हजार २५० रुपैयाँ, र मुअकर २ लाख ८७ हजार २३५ रुपैयाँ समेत गरी जम्मा २४ लाख ९६ हजार ७३३ रुपैयाँ माग गरिएको छ । यस रकमको शतप्रतिशत सजाय हुने विगोसहित उनीहरुसँग ४९ लाख ९३ हजार ४४६ रुपैयाँ मागदावी गरिएको विभागले जनाएको छ ।